मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर २३ वर्षीया युवतीको मृत्यु

रातोघर

 २०८० आश्विन १३, शनिबार  मा प्रकाशित
४४० पाठक संख्या


काठमाडौं । 

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवतीको निधन भएको छ । मृत्यु हुनेमा नवलपुरासी पूर्व हुस्पेकोट गाउँपालिका-२ गाँडाखोलाकी २३ वर्षीया भुमिसरा आले रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी निरीक्षक गोपाल चालिसेका अनुसार  शुक्रबार साँझ कोठामा मोबाइल चार्ज गर्ने क्रममा आलेलाई करेन्ट लागेकाे थियाे । लगत्तै परिवारले उनलाई मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याएको थियो ।

अस्पतालले साँझ करिब ८ बजे मृत घोषणा गरेको चालिसेले जानकारी दिए ।”हामी पहिले अस्पताल गएर त्यसपछि घटनास्थलमा जाँदै छाैं,” चालिसेले भने, “हाम्रो कार्यालयबाट घटना भएको ठाउँ दुई-तीन घण्टाको दूरीमा छ । त्यसपछि मात्र यसबारे थप सूचना बाहिर आउनेछ ।”प्रहरीका अनुसार निधन भएकी आलेका पतिसँगै एक छोरा र एक छोरी छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban