पर्सा प्रहरीले भन्सारलाई बुझायो तस्करीको १० बोरा चामल, १७० किलो चिनी र २०९ किलो प्याज

रातोघर

 २०८० आश्विन २०, शनिबार  मा प्रकाशित
४५१ पाठक संख्या


वीरगञ्ज ।

भन्सार छली गर्दै चोरी पैठारी गरेर नेपाल भित्र्याइएको भन्दै पर्सा प्रहरीले प्याज, चिनी, चामल, पेय पदार्थ र लत्ताकपडा बरामद गरी भन्सारमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार एउटा सूचना जारी गर्दै विभिन्न मिति पर्साको वीरगञ्जलगायतका स्थानबाट नियन्त्रणमा लिएको सामग्रीहरू भन्सार कार्यालय वीरगञ्जमा बुझाएको हो ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार प्रहरीले १३ पिस कुर्ता सुरुवाल, २०९ किलोग्राम प्याज, १७० किलोग्राम चिनी, १० बोरा चामल, ३२ पिस कोकाकोला भन्सारमा बुझाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban