बारा प्रहरीद्धारा शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया

रातोघर

 २०८० आश्विन २३, मंगलबार  मा प्रकाशित
४५३ पाठक संख्या


बारा।

चाड पर्ब लक्षित शान्ति सुरक्षालाई मध्य नजर गरी जिल्ला प्रहरी कार्यालय बाराले स्थानीय तहका प्रमुखहरुसँग अन्तरक्रिया गरेको छ ।बाराका १६ वटै स्थानीय तहका प्रमुखहरुसँग राखिएको परिचयात्मक कार्यक्रममा बडा दशै,शुभ दिपालवी तथा छठ पर्ब लक्षित शान्ति,सुरक्षा कायम गर्ने बिषयमा छलफल गरिएको थियो ।

स्थानीय तहका प्रमुखहरु आफनो स्थानीय तहको क्षेत्रभित्र हुन सक्ने संम्भाबित जोखिम,दुर्घटना तथा घट्नाको बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेलाई अवगत गराएका थिए ।कार्यक्रममा शान्ति सुरक्षा कायम गर्ने लगायत अन्य बिभिन्न समसामाहिक विषयमा आवश्यक छलफल तथा अन्तरक्रिया भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban