एमालेबाट निर्वाचित रौतहट मौलापुरकी मेयर रिना साह पदमुक्त

रातोघर

 २०८० आश्विन ३०, मंगलबार  मा प्रकाशित
४९२ पाठक संख्या


 

वीरगञ्ज।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साह पदमुक्त भएकी छ्न्। मेयरमा निर्वाचित भएर दल त्याग गरेपछि साह पदमुक्त भएकी हुन् निर्वाचन आयोगले गोरखापत्रमा सूचना प्रकाशन गरेर मेयर साहको पद रिक्त भएको जानकारी दिएको छ।

मंगलबार प्रकाशित सूचना अनुसा ०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भइ नगरपालिकाको मेयरमा जितेकी साह दल परित्याग गरी अन्य दलमा गएकोले पदमुक्त भएकी हुन्।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको आयोगले जनाएको छ।
पार्टी त्याग गरेको र अन्य पार्टीको सदस्यता लिएको भनी एमालेको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद रिक्त भएको जनाएको छ।साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban