पर्साको बिन्दबासीनी गाउँपालिकाका वडा नं. १ र ३ का वडाध्यक्षलाई कारवाहीको माग

रातोघर

 २०८० कार्तिक २, बिहिबार  मा प्रकाशित
३६८ पाठक संख्या


 

वीरगञ्ज ।

पर्साको बिन्दबासीनी गाउँपालिकाका कर्मचारीहरुले पालिकाका शिक्षा शाखा प्रमुखलाई दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गरेका छन् ।वडा नम्बर १ का वडाध्यक्ष अच्छेलाल महतो र वडा नम्बर ३ का वडाध्यक्ष जयप्रकाश चौरसियाले शिक्षा शाखा प्रमुखलाई दुव्र्यवहार गरेको भन्दै उनीहरुलाई कारबाही गर्न माग गर्दै पर्साका सहायक जिल्ला अधिकारी शिव लम्साललाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले वडा अध्यक्षहरुलाई कानुन बमोजिम कारबाही नगरुञ्जेलसम्म पालिकाबाट प्रदान गर्दै आएको सम्पूर्ण कामकाज बन्द रहने विज्ञप्तीमार्फत जनाइएको छ । शिक्षकहरूको काज सरुवाको विषयलाई लिएर पालिकाको कार्यालयमा गई वडा अध्यक्षद्वय महतो र चौरसियाले शिक्षा शाखा प्रमुख लामिछानेलाई गालीगलौज गर्दै कुटपिट गर्ने धम्की समेत दिएकाले उनिहरुलाई कारबाही गर्नुपर्ने कर्मचारीहरुको माग छ ।
यसैबिच स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिका अध्यक्ष रामाधार प्रसाद चौरसियाले यसरी स्थानीय जनसमुदायसँग प्रत्यक्ष कामकाज गर्ने कर्मचारीलाई गालीगलौज गरी मनोबल खस्काउने कार्यको घोर भर्तस्ना गर्नुभएको छ ।

उहाँले बिन्दबासिनी गाउँपालिका कार्यालयमा आसमान नेपालले आयोजना गरेको कार्यक्रममा वडाअध्यक्षद्वय अक्षयलाल महतो र जयप्रकाश चौरसियाले शिक्षा अधिकृत तथा केही प्रधानाध्यापकहरुलाई अपशब्द प्रयोग गरेको, गालीगलौज गरेको तथा कुटपिट गर्ने धम्की समेत दिएकोले कानुन बमोजिम कारबाही अगाडि नबढेसम्म कार्यालयमा सेवा प्रवाह बन्द गर्न बाध्य रहेको प्रेस विज्ञप्तीमार्फत बताएका छन् ।
/

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban