

वीरगञ्ज ।
रोटी बेटीको सम्बन्ध भन्ने बित्तिकै नेपाल–भारत सम्बन्ध बुझिन्छ । छिमेकी देश भारतसंगको सम्बन्धको चर्चा हुँदा प्रायः सुनिने वा भनिने शब्द हो यो ।हुन पनि हो, नेपाल–भारत सम्बन्ध एउटा छिमेकी देशको सम्बन्ध मात्रै होइन । पब्लिक टु पब्लिक सम्बन्ध छ । सांस्कृति तथा धार्मिक सम्बन्ध छ । रहनसहन उस्तै छ, जसकारण दुबै देशका नागरिकबीच भावनात्मक नाता गाँसिएको छ । एक अर्कामा सम्मान छ, माया छ ।
यहीकारण होला यी दुबै देशका नागरिकले एक अर्काको देशमा निस्फिक्री आवतजावत मात्रै गर्दैनन्, काम धन्दा, नोकरी, व्यवसाय समेत निर्धक्क साथ जीवनयापन गरिरहेका हुन्छन् ।यसका कैयौं उदाहरण छन्, त्यसमध्ये एक उदाहरणको नाम हो सफिउररहमान (बाबर) । उनी भारत विहार निवासी हुन्, जो नेपालमा विगत लामो समयदेखि बस्दै आइरहेका छन् । अर्थात् बीरगन्ज उनको कर्मभूमि बनेको छ । यही कर्मभूमिमा उनको परिचय बन्दै गयो बाबरको नामले भारतीय बाबर बीरगन्जमा आफ्नो जीवनको आधा समय बिताइसकेका छन, टायरको पसल चलाएर ।
उनी बीरगन्जमा निरन्तर ०४६ सालदेखि बसोबास गर्दै आइरहेको बताउँछन् ।बाल्यकालको अवस्थादेखि बाबर बीरगन्जलाई कर्मथलो बनाइ निरन्तर काम गरिरहेका छन् । बीरगन्जको पुरानो बसपार्कमा १३ वर्षको उमेरदेखि बाबर गाडीको टायर बनाउँने काममा लागे । त्यो बेलादेखि सुरु गरेको टायर मर्मतको काम अहिलेसम्म चलिरहेको छ । यही पेशाबाट बाबर आफ्नो घरको गुजारा चलाइरहेका छन् । तर गुजारा चलाउने टायरको कामले भने एकदिनको उनको जीवनमा नमिठो घटनासमेत घटायो । तर उनले यसबाट ‘बीट’ भने मारेनन्, बरु आफ्नो संघर्ष जारी नै राखे ।
खासमा उनी बाल्यकालमा टायर बनाउने काम गरिरहँदा एउटा दुर्घटना भयो, त्यो हो टायर पड्क्निु । जसका कारण उनलाई ठूलो चोट मात्रै पुयाएन, उनले एउटा खुट्टा नै गुमाए । जुन बेला उनी १३ वर्षको मात्रै थिए ।खासमा उनी सानो गाडीको टायर बनाइरहेका थिए, त्यही एक्कासी हावा बनाउने ट्याङकी पड्कियो, जसकाकारण उनको दाँया खुट्टामा ठूलो चोट लाग्यो ।
त्यो घाँउ यतिसम्म बढ्यो कि चिकित्सकले पछि उनको खुट्टा नै काट्न लगायो । त्यही बेलादेखि बाबर एउटा खुट्टाको सहाराले काम गर्दै आइरहेका छन्, अनावरतरुपमा यसरी गरेको पनि करिब ३४ वर्ष पुग्न लागेको छ । कामसंगै उनले आफ्नो जीवन अध्यायमा अर्को साथी पनि थपे, प्रेमिकारुपमा ।
बाबर अशक्त भएपनि विवाह भने प्रेम विवाहलाई रोजे । गाउँकै मन मर्ने दौतरीसंग प्रेम गरेर विवाह गरे । यो विवाह गर्न पनि उनलाई सहज भने थिएन । थुप्रै रचना रच्नुप¥यो । अन्ततोगत्वा गाउँकै सिम्मी खातुनसंग उनको लगनगाँठो गाँसियो । बाबरको अहिले २ वटा छोरी र २ वटा छोरा छन् ।





Write your Comment