

सिमरा ।
बाराको कलैयामा एक प्रधानाध्यापक माथी गोलि प्रहार गरि हत्या गरिएको छ । कलैया स्थित बाल एकता अङ्ग्रेजी स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकार माथी २ वटा मोटरसाईकलमा चढिआएका ४ जनाको समुहले कलैय मदर्शा टोलमा गोलि प्रहार गरेका थिए ।
घाँटी तथा छातीमा दुई गोलि लागेको स्वर्णकारको अवस्था गम्भीर भई कलैया अस्पतालमा उपचार हुन नसकेपछी बिरगंज स्थित बयोधा मेडिसिटि हस्पिटल लगिएको थियो ।
बयोधा लाने क्रममा बाटोमै स्वर्णकारको ज्यान गएको प्रहरीले बताएको छ ।





Write your Comment