सिमरा बस दुर्घटनाका घाइते वीरगञ्ज गहवाका सुरजको उपचारका क्रममा मृत्यु

रातोघर

 २०८० कार्तिक १३, सोमबार  मा प्रकाशित
५३० पाठक संख्या


वीरगञ्ज ।

बाराको सिमरामा गत शनिवार राति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलमा उपचाररत वीरगञ्ज महानगरपालिका – ७ गहवाका ३० वर्षीय सुरज साह गुप्ताको आज सोमबार मृत्यु भएको हो । गुप्ताको मृत्युसँगै दुर्घटनामा परि मृत्यु हुनेहरूको सङ्ख्या दुई पुगेको छ ।

यसअघि दुर्घटना भएकै रातमा भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल वीरगन्ज – ७ बस्दै आएका २७ वर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको थियो ।

चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगञ्ज फर्किरहेको ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस शनिवार राति ११ बजेतिर बाराको सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैङ्क रहेको घरमा ठोक्किएर दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा ४० भन्दा बढी घाइते भएका थिए । घाइते मध्ये हुनेहरू अधिकांश वीरगञ्जको गहवाका बासिन्दा थिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban