अध्यक्ष उपेन्द्र यादव कार्तिक १९ गते बाराको करैयामाई आउने

रातोघर

 २०८० कार्तिक १७, शुक्रबार  मा प्रकाशित
२९३ पाठक संख्या


बारा ।

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव कार्तिक १९ गते महागढीमाई नगरपालिका तेलकुवा महादेव स्थानमा कार्यकर्ता भेटघाट तथा शुभकामना अदानप्रदानका लागि आउने भएका छन ।

बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टीको पुर्ण बैठकले यादबलाई बोलाउने निर्णय गरेको छ । कार्यक्रमलाई सहजताका लागि बढी भन्दा यस पालिकाबाट सहभागिता गराउनका लागि केन्द्रीत बैठकले सो निर्णय गरेको हो ।

जसपा नेपालको राजनीतिक समिति सदस्य रामकिशोर यादवको प्रमुख आतिथ्यमा बैठक सपन्न भएको छ । बैठकमा मधेस प्रदेश सरकारका पुर्व अर्थ राज्य मन्त्री उषा कुमारी यादव, बारा सचिव मुर्तुजा अंसारी, कोषाध्यक्ष विनोद यादव, लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

जनता समाजवादी पार्टीका करैयामाई गाँउपालिकाका अध्यक्ष एव पालिका अध्यक्ष समेत रहेको शम्भु प्रसाद यादवको अध्यक्षतामा सो बैठक सम्पन्न भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban