

वीरगञ्ज ।
लगभग एक करोड बराबरको बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक वीरगञ्जमा पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार कार्तिक १५ गते राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकस्थित सडकखण्डमा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सो ट्रक भित्र लोड रहेको सामानहरूको रू.९९ लाख ६९ हजार बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।





Write your Comment