पर्साको विन्दवासिनी गाउँपालिका कार्यालय १७ दिनदेखि बन्द

रातोघर

 २०८० कार्तिक १७, शुक्रबार  मा प्रकाशित
४२९ पाठक संख्या


वीरगञ्ज ।

पर्साको विन्दवासिनी गाउँ पालिकामा भएको विवादलाई लिएर आज १७ दिन देखि पालिका बन्द रहेको छ ।गत असोज ३० गते पालिकामा भइरहेको एक कार्यक्रममा वडा न १ र ३ का वडा अध्यक्षहरु अच्छेलाल महतो र जयप्रकाश चौरसियाले शिक्षा संयोजक कपिल लामिछाने र केहि सहभागी प्रअ माथि गरेको दुव्र्यवाहरको विषयलाइ लिएर पालिका अन्तर्गतको कर्मचारीहरुले दोसी लाइ कारवाहीको माग गर्दै आन्दोलन स्वरुप पालिका बन्द गरेका हुन् ।

नगरपालिको कार्यालय नै बन्द हुदाँ सेवाग्राहीहरु मर्कामा परेका छन् । दिनँहु जन्मदर्ता, नागरिकता, सिफारिस जस्ता आवश्यक कागजातमा काम गर्न नपाउँदा उनीहरु रित्तै हात फर्कन बाध्य भएका हुन् ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझासंग बुझदा हाल सम्म कुनै कारबाही प्रकृया अगाडि नबढेकाले बन्द रहेको जानकारी दिनुभयो । त्यसपश्चात बारम्बार सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban