नगरप्रमुख सिंहले क्रिकेट खेल्दा हात भाँच्चियो, उपचारको लागि काठमाडौं गए

रातोघर

 २०८० कार्तिक १९, आईतबार  मा प्रकाशित
५५२ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जमा शनिवार भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रद्वारा भएको प्रदेश प्रहरीले एकाइ कार्यालय वीरगञ्जको मैदानमा  नगरप्रमुख राजेशमान सिंहले ब्याटिङ गरेर रन लिने क्रममा दौड्दा चिप्लेर घाइते भई उनको दाहिने हात भाँच्चिएको चिकित्सकले बताएका छन् ।

मधुमेह र उक्त रक्तचापका कारण वीरगञ्जमा उनको हातको शल्यक्रिया हुन नसकेको र उपचारको लागि नगरप्रमुख सिंह काठमाडौं गएका हुन् ।

यता सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको प्रतियोगितामा नेपाल प्रहरीलाई हराउँदै सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको हो ।पहिलो ब्याटिङ गरेर १५ ओभरमा ७ विकेट गुमाउँदै ६७ रन बनाएको नेपाल प्रहरीलाई सामुदायिक सेवा केन्द्रले १० ओभरमा ४ विकेट गुमाएर ६८ रन बनाउँदै हराएको छ ।

प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाह, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष रामकुमार सर्राफ लगायतको सहभागिता रहेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन