पर्साको छिपहरमाई भेडिअर्वा टिउकीबाट एक ट्याक्टर धान स्थानीयहरूले लुटे

रातोघर

 २०८० कार्तिक २३, बिहिबार  मा प्रकाशित
२८६ पाठक संख्या


वीरगञ्ज ।

भारतबाट भित्रिएको एक ट्याक्टर धान छिपहरमाई भेडिअर्वा टिउकीमा स्थानीयहरूले डालाबाट लुटेका छन् ।  भारतको वसन्तपुर नाकासँग जोडिएको पर्साको भेडिअर्वा नाका भएर बुधवार लोड धान ट्याक्टर नभएको ट्याक्टर डालाबाट स्थानीयहरूले लुटेर आआफ्नो घरमा लिएर गएका थिए ।

सशस्त्र प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिन भने सकेन तर धान लुटिएको ट्याक्टर नियन्त्रणमा लिएको छ ।  धान लुटिएको क्षेत्र पर्साको सशस्त्र प्रहरी बल बिओपी मिर्जापुर अन्तर्गत पर्छ र त्यहाँको इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केशव सुवेदी छन् ।

यता घटनाबारे बुझ्नका लागि सप्रनि सुवेदीलाई सशस्त्र प्रहरी गण नम्बर १३ वीरगञ्जमा तानिएको छ र सो ठाउँमा कपिल गिरीलाई पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कर्माचार्यले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban