

मनहर्वा,बारा ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८को बडहर्वामा मुख्य कार्यालय रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा स्थापनाको २० बर्ष पुरागरी २१ बर्षमा प्रवेश गरेको छ ।
२०६० साल पौष १३ गते सहकारी डिभिजन कार्यालय भरतपुरमा दर्ता भई संचालनमा आएको सहकारीले आज २१ औं स्थापना दिवस मनाउँदै छ ।
स्थापनाको अवसरमा सहकारीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को जैतापुरमा रहेका श्री नेपाल राष्टिय माध्यमिक विद्यालयमा बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण शिविर संचालन गर्दैछ ।
यस्तै सहकारीका विभिन्न कार्यालयहरुमा पहिलो आउने सेवाग्राहीलाई पुष्पगुच्छाले स्वागत गर्ने कार्यक्रम समेत रहेको संस्थाले जनाएको छ ।
२ सय २६ जना ग्रामिण किसान सदस्यहरुको २७ हजार शेयर र ५ लाख ६० हजार रुपैंया बचतबाट सुरु भएको सहकारीमा हाल ३ हजार १ सय २४ जना शेयर सदस्य आवद्ध छन् ।
दैनिक एक रुपैंयाका दरमा मासिक ३० रुपैंया बचतबाट सहकारीले आफ्ना सदस्यहरुलाई बचत गर्ने बानिको विकास गरेको थियो । हाल सदस्यहरुको ३ करोड ३९ लाख रुपैंया शेयर र २७ करोड २० लाख रुपैँया संस्थामा बचत छ ।
संस्था आफैंले कृषि जेटिए नियूक्त गरी कृषि कार्यक्रम संचालन गर्नुका साथै कृषि पसल, दुग्ध संकलन केन्द सहित ६ वटा कार्यालयहरु मार्फत सेवा दिँदै आएको छ ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७,१८ कलैया उपमहानगरपालिका २,४,१६,२४,२६ र २७ नं. वडाहरुमा काम गर्दै आएको सहकारीले ६३ करोड बढीको कारोबार गरिरहेको जनाएको छ ।
पशु शुरक्षण कार्यक्रम, सदस्य शुरक्षा कार्यक्रम, महिला सदस्य हित कार्यक्रम,रेमिट सेवा संस्थाका आकर्षक कार्यक्रम हुन् । यससँगै संस्थाले पशुपालन, तरकारी खेती, ब्यवसाय संचालन, खाध्यान्न बाली, नगदेबाली, दलहन, तेलहन खेतीका लागि सुपथ र सहुलियत ब्याजमा कर्जा लगानी गर्ने गरेको संस्था अध्यक्ष नयनकला खड्काले बताईन् ।
यससँगै स्थानिय कृषि बजार ब्यवस्थापन, विद्यालय निर्माण, सरसफाई, मठमन्दिर निर्माण,प्रहरी सहायता कक्ष निर्माण र खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बनाईन् ।
संस्थाले स्थानिय २३ जनालाई प्रत्यक्ष र हजारौंलाई अप्रत्य रोजगारी दिएर रोजगारी सृजनामा ठुलो योगदान समेत गरेको छ । यो संस्था राष्टिय सहकारी बैंकले गर्ने मुल्याकंनमा यसबर्ष मधेश प्रदेशमा उत्कृष्ठ सहकारी घोषित समेत भएको छ, संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले जानकारी दिए ।





Write your Comment