जीवनशैली फेरिएको दलित वस्ती

पुष्पराज खतिवडा

 २०८० फागुन ५, शनिबार  मा प्रकाशित
६३७ पाठक संख्या


वरियारपुर ,बारा ।

मसिना गुजमुज्ज छाप्राछुप्रि , फोहरी वातावरण, मैला दुब्ला पातला मान्छे, आँगनीमा सुँगुरको खोर, धेरै बालबच्चा र लथालिङ्ग जीवनशैली भएको वस्तीको कल्पना गर्दा त्यो हो दलित वस्ती ।

रोग ,भोक र अभावले जकडिएको मानवहरुको वस्ती जहाँ स्वास्थ्य, शिक्षा, रोजगारले खासै प्रभाव पारेको हुँदैन । सामान्यतया दुईचार कक्षा भन्दाबढीको पढाई पुरा नगरेका बालबालिका कलिलै उमेरमा विवाहगरी बालबच्चाका आमाबाबु बन्ने गर्दछन् । हो तराई मधेशमा सामान्यतया दलित वस्तीको अवस्था यस्तै छ ।

तर जिल्लाको महागढीमाईनगरपालिका वडा नं.२ वरियारपुर भिन्सीया टोलका ४६ दलित घर परिवारको जीवनशैली पछिल्लो समय फेरिएको छ । चर्पीमा दिशा पिसाव गर्ने, स्थान घरमा दिनहुँ नुहाउने, बालबालिका लाई स्कुल पठाउने, समय समयमा उपयोगि तालिममा भाग लिँदै पुखौलीसँगै रोेजेको ब्यवसायबाट आम्दानी गर्न थालेपछी यहाँका दलित परिवारको जीवनशैली फेरिएको हो ।

पहिला पहिला १०/१५ दिनमा नुहाउने यहाँका महिलाहरु आजभोली दैनिक रुपमा नुहाईधुहाईसँगै पुजापाठ गर्दै आएका छन् । स्थानिय ६८ बर्षिय सुरपती देवी पास्वान नियमित नुहाउन थालेको करिब एकबर्ष भयो । यसअघि उनलाई नुहाउन खोला वा खुल्ला ठाउँका धारामा जानु पर्ने बाध्यता थियो ।

छोरामान्छे त जहाँ जतिबेलापनि नुहाउँछन् ।तर महिला लाईत गाहे हुन्छ । गाउँमा पुरुषहरुको चहलपहल कम भएको मौकापारि कपडा लगाएरै नुहाने गर्दै आएको थिँए । तर गाउँमा सार्वजनिक स्थानघर बनेपछी जुनदिन जतीबेलापनि नुहाउन सजिलो भएको छ । म आजभोली दैनिक नहुहाउँछु । पूजापाठ गर्छु । , सुनरपतीले खुशी हुँदै सुनाईन् ।

परियोजनाले बनाईदिएको सार्वजनिक स्नानघर सहितको खानेपानी धारा ।

१ सय ७० फिटको खानेपानी धारासँगै स्नानघर बनेपछी यहाँका महिला सफासुघ्गर हुन थालेका छन् । कपडा लगाएरै सामान्य नुहाउने यहाँका महिलालाई स्नानघर बनेपछी धेरैठुलो राहत भएको छ । दैनिक नुहाएर सफासुग्गर हुन थालेपछि छालासँगै विभिन्न रोगब्याद कम भएका छन् ,अर्की स्थानिय पुनकलीदेवी पास्वानले सुनाईन् ।

स्थानिय मदन मल्ली र रेखा मल्ली पनि दंग छन् । पहिला पहिला खेत खलिहान जथाभावी दिशापिसाब गर्ने उनीहरुको घरमा समेत नयाँ खानेपानी धारा, चर्पी बनेको छ । योसँगै उनीहरुले गर्दै आएको बाँसका सामाग्री दौराछैंटी,भकारी बनाउने पूखौली ब्यवसाय विस्तार भएको छ ।

 

बाँसका सामाग्री बनाउँदै मदन मल्ली र रेखा मल्ली

५० हजार रुपैंयाको बाँस र आवश्यक औजार पाएपछि ब्यवसाय विस्तारसँगै उनीहरुको आम्दानी वृद्धि भएको छ । बाँसका सामाग्री बनाएर आजभोली दैनिक एकहजार पाँसय रुपैया कमाउँने गरेको मदन मल्लीले बताए । उनका ४ छोरा छन् । जेठाछोरा १० कक्षामा पढ्छन् भने अरु तीनै छोरा स्कुल जान थालेका छन् ।

आफुले एककक्षा नपढेपनी छोराहरुलाई पढाएर जागिरे बनाउने सपना मदनले सुनाए ।

उनीसँगै स्थानिय ७ वटा डोम परिवारलाई बाँसका सामाग्री बनाउने पुख्यौली ब्यवसाय गर्न इस्लामीक रिलिफल क्यानडा र इस्लामीक रिलिफ नेपालको सहयोगमा जनजागरण यूवा क्लब बाराले संचालन गर्दै आएको सामुदायिक उत्थानशिलता सुदृढिकरण परियोजनाले सहयोग गरेको हो ।

परियोजनाको सहयोगसँगै दलित वस्तीका मानिसहरुको जीवनशैली फेरिएको छ । परियोजनाले यहाँका दलितहरुका लागि खाद्य शुरक्षा, जलवायू मैत्री खेतीपाती, खानेपानी तथा सरसफाई र संरक्षणका क्षेत्रमा काम गर्दै आएको परियोजना संचालन गर्दै आएको संस्था जनजागणर यूवा क्लबका अध्यक्ष भैयाराम यादवले बताए ।

उनका अनुसार परियोजनाले जिल्लाको महागढीमाई नगरपालिकाका वडाहरु १,२ र ८ त्यस्तै सुवर्ण गाउँपालिकाका १,५,६ र ८ नं. वडाहरु दलित, विपन्न र गरिबका ४ सय परिवारमा काम गर्दै आएको छ ।

यी परिवारका सदस्यहरुको जीवनशैली परिवर्तनसँगै आयआर्जन वृद्धिका लागि परियोजनाले काम गर्दै आएको यादवले बताए । संस्था १७३ वटा खानेपानी धारा, ४४ वटा शौचालय र १५ वटा सार्वजनिक स्नानघर टोलटोलमा बनाईदिएको छ ।

योसँगै परियोजनाले कुटो कोदालो खुर्पी, अन्नबाली तथा तरकारीका विउ वितरण, अर्गानिक उत्पादन सम्बन्धी तालिम दिनुका साथै २८ वटा बोरिंग खेतखेतमा गाडीदिएको छ । रसायकि मल र विषादीको प्रयोगलाई कम गर्ने उपाए सिकाउने समेत गर्दै आएको उनले बताए ।

११६ परिवारलाई बाख्रा पालनमा सहयोग गरेको छ । १८४ परिवारले किराना पसल, पार्चुन पसल, खाजानास्ता होटल लगायत साना ब्यवसाय गर्दै आएका छन् । ७६ जना हिंसा पिडितहरुलाई साना ब्यवसाय र बाख्रा पालनबाट आयआर्जना जोडिएको र उनीहरुको ब्यवसाय प्रर्वद्धनका लागि ३७६ जनालाई जनही ५० हजार रकम अनुदान सहयोग गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

बाँसका सामाग्री बनाउँदै गीता मल्ली

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban