चुनाव जित्ने निस्चित भएको फरमुल्लाह मंसुरको दाबी

रातोघर

 २०८२ फागुन १८, सोमबार  मा प्रकाशित
९०९ पाठक संख्या


बारा-निर्वाचन नजिकिँदै गर्दा बारा क्षेत्र नं. ३ को राजनीतिक माहोल झनै तातिएको छ। यहीबीच नेपाली काङ्ग्रेसका उम्मेदवार तथा सह–महामन्त्री, पूर्व श्रम मन्त्री फरमुल्लाह मंसुरले मौन अवधि सुरु हुनुअघि नै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। हाम्रो रातोघर का संवाददातासँग कुरा गर्दै मन्सुरले आत्मविश्वासपूर्ण स्वरमा भने, “यो क्षेत्रको माटो, हावा–पानी र यहाँको जनताको भावना मैले नजिकबाट बुझेको छु। लामो राजनीतिक अनुभव र मन्त्री हुँदा पनि बेदाग रहनुले जनताको भरोसा जितेको छु।”उनको दाबीको आधार के हो भन्ने प्रश्नमा उनले तीन मुख्य कारण औँल्याए—

लामो र निरन्तर राजनीतिक सक्रियतामन्त्री पदमा रहँदा कुनै दाग नलाग्नुस्थानीय परिवेशसँग गहिरो सम्बन्धमन्सुरका अनुसार, “सुधारिएको काङ्ग्रेस, स्पष्ट एजेन्डा र जवाफदेही नेतृत्वको प्रतिबद्धता देखेपछि नवयुवाहरू उत्साहका साथ साथमा उभिएका छन्।” उनले पछिल्लो समय युवाहरूको सक्रिय समर्थनले आफू झनै उत्साहित भएको बताए।

राजनीतिक जीवनसँगै उनको सामाजिक पाटो पनि उत्तिकै चर्चामा छ। जितपुर–सिमरा मा आफ्नो सम्पूर्ण जायजेथा बेचेर उनले सञ्चालन गरिरहेको सञ्जीवनी बाटिका वृद्धाआश्रम अहिले धेरैका लागि आश्रयस्थल बनेको छ। मन्सुरले आफू अविवाहित बसेको र बाँकी जीवन समाजसेवामै समर्पित गर्ने अठोट दोहोर्याउँदै भने, “जति बाँच्छु, समाजकै लागि बाँच्छु।”निर्वाचन परिणामले उनको दाबी कत्तिको पुष्टि गर्छ भन्ने कुरा मतपेटिकाले नै बताउनेछ। तर चुनावी मैदानमा उनको आत्मविश्वास र समाजसेवाको छविले बारा–३ को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban