नेकपाका उम्मेदवार सन्तोष दङ्गालले गरे आज विशाल मोटरसाइकल र्याली प्रदर्शन

रातोघर

 २०८२ फागुन १८, सोमबार  मा प्रकाशित
२४७ पाठक संख्या


बारा — आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखैमा बारा क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार सन्तोष दङ्गाल ले आज विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेका छन्।
सिम्रौनगढदेखि निजगढसम्म फैलिएको आफ्नो सम्पूर्ण निर्वाचन क्षेत्रमा गरिएको उक्त र्यालीलाई चुनावअघिको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। विशेषगरी मौन अवधिको पूर्वसन्ध्यामा गरिएको यो कार्यक्रमलाई राजनीतिक विश्लेषकहरूले रणनीतिक कदमका रूपमा टिप्पणी गरेका छन्।
यसअघि घरदैलो अभियानमा केन्द्रित रहँदै आएका दङ्गालले शालीन र इमानदार छवि बनाएका उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका थिए। युवा तथा बेदाग उम्मेदवारको ब्रान्डिङ गर्दै आएका उनले आजको विशाल र्यालीमार्फत आफ्नो जनसमर्थन देखाउने प्रयास गरेको बुझिएको छ।
र्यालीमा उल्लेख्य संख्यामा युवा समर्थकहरूको सहभागिता देखिएको थियो। मोटरसाइकलको लामो काफिलाले मुख्य बजार तथा ग्रामीण क्षेत्र परिक्रमा गर्दा चुनावी माहोल थप तातेको देखिन्थ्यो।
राजनीतिक वृत्तमा दङ्गालको यो कदमलाई प्रतिस्पर्धी उम्मेदवारहरूका लागि ‘झट्का’ का रूपमा समेत हेरिएको छ। शान्त स्वभावका रूपमा चिनिएका उनले चुनावी अन्तिम चरणमा शक्ति प्रदर्शन गर्दै आफ्नो उपस्थिति बलियो रहेको सन्देश दिन खोजेको आकलन गरिएको छ। यद्यपि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। त्यसपछि कुनै पनि किसिमका प्रचार–प्रसारका कार्यक्रम गर्न नपाइने निर्वाचन आचारसंहिताको व्यवस्था रहेको छ।अब मतदाताको अन्तिम निर्णय कता जाने हो भन्ने कुराले नै बारा क्षेत्र नं. १ को परिणाम निर्धारण गर्नेछ।

Write your Comment


लोककल्याणकारी विज्ञापन