


बारा:
प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ७ ख ६०५९ नम्बरको यात्रुवाहक बसका चालक र सहचालक हुन् ।
बसका चालक बीरगंज महानगरपालिका वडा नं. ३२ बस्ने वर्ष ३० को मुनिलाल प्रसाद रौनियार र सहचालक– जिल्ला पर्सा पोखरिया नगरपालिका २ बस्ने वर्ष १९ को दिपेन्द्र शर्मा भएको प्रहरीे जनाएको छ ।
आईतबार अपराहन्न १२ः३० बजे जिल्लाको जितपुरसिमरा उमहानगरपालिका वडा नं.२ सिमरा चोकमा खटिएको प्रहरी चेकिङ गर्ने खटिएको प्रहरीले लागु औषध खैरो हिरोइन ९ ग्राम ७६० मिलिग्राम फेला परेको थियो ।
शंकालागी चेकजाँचका क्रममा बसचालकको सिटमुनि आँपको बोरा भित्र मिठाईको डब्बामा पहेँलो रङको प्लास्टिकको थैली भित्र खाममा सेतो कागजमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा हिरोइन सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु उपर आवश्यक थप अनुुसन्धान भैरहेको र लागुऔषध मुद्दा दर्तागरी म्याद थप गरिने बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनु भयो ।







Write your Comment