फेरि बढ्यो भारतमा कोरोना सङ्क्रमण :राजनीतिक, धार्मिक र सामाजिक कार्यमा भेला हुन रोक

रातोघर

 १० फाल्गुन २०७७, सोमबार १३:३३  मा प्रकाशित
७५५ पाठक संख्या



एजेन्सी/ भारतमा कोरोना भाइरस पुनः तिब्र गतिमा फैलिएको छ। संक्रमणलाई रोक्नका लागि भारतको महाराष्ट्र सरकारले सोमबार आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले एक टेलिभिजनबाटै सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् ।

 

सम्बोधनमा उनले भनेका छन्।‘महा’मारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ। लकडाउनबाट मात्र कोभिड-१९ समाधान हुँदैन तर भाइरसको फैलावटलाई रोक्न यो एक मात्र विकल्प हो ।’ साथै यो नियम पालना नगर्नेलाई कार’बाही गर्ने चे’तावनी दिएका छन्।

भारतको महाराष्ट्रमा कोरोना संक्रमण बढ्दै गएपछि अमरावती र अकोला जिल्लामा एक हप्ताका लागि लकडाउन हुने भएको छ । लकडाउन एक मार्चदेखि लागु हुने बताइएको छ ।

Write your Comment