काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई आज राती ९ बजे शपथग्रहण गराउने तयारी गरिएको छ । स्रोतका अनुसार शपथको पत्र तयार गर्ने काम भइरहेको छ ।
शपथपछि शीतल निवासमै मन्त्रिपरिषद् बैठक बस्नेछ । बैठकले संकटकालको सिफारिस गर्ने र त्यसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि संवैधानिक विशेष अधिकारअनुसार संसद् विघटन हुने बताइएको छ ।
अन्तरिम प्रधानमन्त्री कार्की सँगै कम्तीमा दुई जना मन्त्रीले पनि शपथ लिनेछन् । मन्त्रीमध्ये एक जना जेनजी प्रतिनिधि र बालेन शाहका सल्लाहकार हुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री नियुक्तिपछि संसद् बैठक बोलाउने सहमति पनि भएको एक शीर्ष नेताले बताएका छन् । तर आजको सहमति र सम्भावित संकटकालको निर्णयले थप राजनीतिक सङ्कट पैदा हुने विश्लेषण भइरहेको छ ।
Write your Comment