सुरक्षाकर्मी फिर्ता भएपछि अध्यक्ष माधवकुमार नेपाल सुरक्षा विना नै पार्टी बैठकमा

रातोघर

 २०८२ कार्तिक १२, बुधबार  मा प्रकाशित
५४ पाठक संख्या


काठमाडौं । सरकारले मंगलबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता गरेपछि उनी आज सुरक्षा विना नै पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल बिहानै सामान्य रुपमा पार्टीको बैठकमा सहभागी हुन बबरमहलस्थित कार्यालय पुगेका हुन्। सुरक्षाकर्मी फिर्ता लिएपछि पनि उनले कुनै विशेष सुरक्षा व्यवस्था माग नगरी आफ्ना नियमित राजनीतिक गतिविधि निरन्तरता दिएका छन्।

पार्टी निकट नेताहरूले सरकारको यो कदमलाई राजनीतिक प्रतिशोधको रूपमा लिएको टिप्पणी गरेका छन् भने सरकारले भने सुरक्षा व्यवस्थाको पुनःसंरचना प्रक्रिया अन्तर्गत कदम चालिएको जनाएको छ।

यस घटनापछि नेकपा (एस) भित्र असन्तुष्टि बढेको देखिएको छ भने अन्य दलका नेताहरूले पनि पूर्वप्रधानमन्त्रीलाई बिना कारण सुरक्षा फिर्ता लिनु अशोभनीय निर्णय भएको भन्दै आलोचना गरेका छन्।

Write your Comment





suv prannath