


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले नर्सहरूका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेका नर्सहरूलाई बेवास्ता गर्दा समग्र स्वास्थ्य सेवा प्रभावित हुने चेतावनी पनि दिएका छन्।
प्रचण्डका अनुसार तोकिएको भन्दा कम पारिश्रमिक, असमान व्यवहार, जनशक्ति अभाव, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको कमी र विदेशी रोजगारतर्फ बढ्दो आकर्षणजस्ता कारणले नर्सहरू आन्दोलनमा उत्रिएका हुन्। उनले नर्सहरूको आन्दोलनले उठाएका मुद्दा व्यावहारिक र न्यायसंगत भएको उल्लेख गर्दै समस्याको समाधानका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका छन्।
उनले स्वास्थ्य सेवा सुधारका लागि नर्सहरूको भूमिका निर्णायक रहेको भन्दै राज्यले उनीहरूको पेशागत अधिकार, सुरक्षाको ग्यारेन्टी र उचित पारिश्रमिक सुनिश्चित गर्न आवश्यक नीति लागू गर्नुपर्नेमा जोड दिएका छन्।







Write your Comment