दिवा खाजामा विद्यार्थीलाई जंकफुड दिन नपाइने

रातोघर

 २०८० जेष्ठ १५, सोमबार  मा प्रकाशित
२७४ पाठक संख्या


सरकारले दिवा खाजा कार्यक्रममा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएको छ।

संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको दिवाखाजामा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएका हुन्।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार दिने व्यवस्था मिलाइने भएको छ।

सरकारले दिवाखाजा कार्यक्रम निरन्तरताका लागि ८ अर्ब ४५ करोड रूपैयाँ विनियोज गरेको छ। यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुनेछन्।

Write your Comment





suv prannath