हर्क साम्पाङको माग बजेटमार्फत पूरा

रातोघर

 २०८० जेष्ठ १५, सोमबार  मा प्रकाशित
६५२ पाठक संख्या


काठमाडौँ ।

सरकारले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यसका लागि बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।

यसअघि धरानमा मेयर हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने भन्दै सोही एजेण्डाको बलमा स्थानीय चुनाव जितेका थिए ।

उनले आफ्नो अभियानमा साथ दिन संघीय सरकारमार्फत बजेट माग्दै आएकामा सरकारले बजेटमै व्यवस्था गरेको हो ।

Write your Comment





suv prannath