हलखोरीया साझेदारी वनको नयाँ नेतृत्वलाई काँगे्रसले दियो साझा उम्मेद्वार

रातोघर

 २०८० जेष्ठ २५, बिहिबार  मा प्रकाशित
१२८६ पाठक संख्या


सिमरा ।

हलखोरीया साझेदारी वन ब्यवस्थापन समितीको नयाँ नेतृत्वका लागी माहोल तातेको छ । पर्सी हुने निर्वाचनका लागी पार्टीगतरुपमा नेतृत्व चयनको आ आफ्नै तयारीमा उम्मेदवारहरु देखिन्छ ।

यसैबिच नयाँ नेतृत्वका लागी नेपाली काँग्रेसले साझा उम्मेद्वार तय गरेको छ ।

काँगे्रका तर्फबाट विकल्प भट्टराईलाई साझा उम्मेदवारका रुपमा अगाडी सारेको छ । बिहिबार काँग्रेस निकट आकाँक्षी उम्मेद्वारहरुको वैठकले पाँच उम्मेद्वारबाट भट्टराईलाई चयन गरिएको हो ।

काँग्रेसका तर्फबाट वर्तमान अध्यक्ष रविन्द्र सिंह, काँग्रेसका वडा सभापती ओमराज पाण्डे, हरिलाल यादव बच्चुवावा, जट्टाशंकर सहनी गरी पाँच जना आकाँक्षीबाट भट्टराईलाई साझा उम्मेद्वारमा प्रस्ताव गरिएको छ ।

भोली  पाँचौ अधिवेशनको उद्घाटन सत्र र वन्द सत्र सम्पन्न हुने र पर्सी निर्वाचन गराईने निर्वाचन समितीले जानकारी दिएको छ ।

हलखोरीया साझोदारी वन ६ वटा पालीका स्थित ५२ वडाका करिव ३५ हजार घरधुरीले सेवा लिइरहेका छन् ।

Write your Comment





suv prannath