सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक नमुना विद्यालयमा अधिकारी परिवारले सरस्वती मन्दिरको निर्माण गरेका छन् ।
सिमरा २ निवासी दुर्गादत्त अधिकारीले आफ्ना स्व. वुवाआमाको सम्झनामा विद्यालयमा मन्दिर निर्माण गरिदिएका हुन् ।
विद्यालयको व्यवस्थापन समितिका सदस्य तथा सिमराका युवा व्यवसायी कृष्ण अधिकारी उनका छोरा हुन् । छोराको विशेष पहलबाट वुवा दुर्गादत्तद्धारा विद्यालयमा सरस्वतीको मन्दिर निर्माण भएको हो ।
सो मन्दिरमा काठमाण्डौबाट ‘काला पथ्थर’ले निर्माण गरिएको सरस्वतीको प्रतिमालाई प्राण प्रतिष्ठा गरिएको छ । सरस्वती पुजाको दिन सो मन्दिरको उद्घाटन गरि बिद्यार्थीलाई पुजाआजाका लागी खुला गरिएको थियो ।
सरस्वती पुजाकै दिन विद्यालयमा आयोजना गरिएको एक विशेष समारोहमा अधिकारी परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
करिव ३ लाख भन्दा बढीको लागतमा निर्माण गरिएको सो मन्दिरबाट विद्यालयका करिव १८ सय वालवालिका लाभाँवित भएका छन् । वर्षेनी माटोले बनेको प्रतिमा ल्याउने झन्झटबाट मुक्त भएकोमा विद्यार्थीहरु मन्दिर निर्माणले खुशी भएका छन् ।
Write your Comment