पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित पाँच जनाविरुद्ध घुस प्रकरणमा मुद्दा दर्ता हुने तयारी

रातोघर

 २०८२ आश्विन २२, बुधबार  मा प्रकाशित
६३ पाठक संख्या


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित पाँच जनाविरुद्ध घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनीहरूलाई ठूला ठेक्का र सरोकारवाला निकायका काममा घुसबापत रकम लिएको आरोपमा अनुसन्धान भइरहेको छ। अख्तियारले संलग्न मानिएका केही विचौलियामार्फत प्रमाण संकलन गरिसकेको र अब विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

अख्तियारका उच्च अधिकारीका अनुसार उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत भूमिका परीक्षण भइरहेको छ। आवश्यक प्रमाण र बयान संकलन सम्पन्न भएपछि केही दिनभित्रै मुद्दा दर्ता गरिने तयारी भइरहेको बताइन्छ।

यो घटनालाई हाल सरकारी वृतमा गम्भीर रूपमा लिइएको छ, र अख्तियारले “उच्च तहसम्म पनि कारबाही नपुग्ने कुनै सुनिश्चितता छैन” भन्ने संकेत दिएको छ।

Write your Comment





suv prannath