विपिन जोशीको भिडियो सार्वजनिक भएपछि बहिनी पुष्पाको भनाइ : “दबाब सिर्जना होस् भन्ने सोचले रिलिज गरेकी हुँ, दादा छिट्टै फर्किन्छन् भन्ने विश्वास छ”

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
४२ पाठक संख्या


काठमाडौं । हिजो सार्वजनिक गरिएको विपिन जोशीको भिडियोबारे उनकी बहिनी पुष्पा जोशीले भावनात्मक प्रतिक्रिया दिएकी छन्। उनले भिडियो पुरानो भए पनि अहिले किन रिलिज गरियो भन्ने धेरैलाई प्रश्न लागेको बताउँदै, यो निर्णय पछाडि गहिरो मानवीय कारण रहेको स्पष्ट पारिन्।

पुष्पाले भनिन्, “भिडियो पुरानो भए पनि आज किन रिलिज गर्नुभयो भनेर धेरैलाई लागिराको होला। अहिले हामी USA मा छौं। कायरोमा अहिले Negotiation team हरु ceasefire का लागि बैठक बसिराख्नुभएको छ। सायद मैले यो भिडियो public गरेपछि उनीहरूलाई अलि pressure create हुन सक्छ र उनीहरूले एउटा परिवारको पीडा बुझून्, hostage हरूको पीडा बुझून् र अन्तिम निर्णयसम्म पुगून् भन्ने सोचले मैले यो भिडियो आज रिलिज गर्न खोजेकी हुँ।”

उनका अनुसार भिडियो सार्वजनिक गर्ने उद्देश्य कुनै राजनीतिक वा प्रचारात्मक नभई मानविय सन्देशसहितको हो — जसले वार्तामा रहेका टोलीहरूलाई सहानुभूति र दया उत्पन्न गराउन सकोस्। उनले थपेकी छन्, “म विश्वस्त छु कि ऊ त्यहाँ ठिक छ र म विश्वस्त छु कि छिट्टै मैले दादालाई देख्ने छु, उसको हात समाउन पाउने छु।”

पुष्पाको भनाइले अहिले जारी वार्ता र ceasefire सम्बन्धी छलफलमा परिवारको पीडा र भावनात्मक अपिलले कस्तो प्रभाव पार्ला भन्ने विषयमा चर्चा सुरु भएको छ।

विपिन जोशीको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले परिवारको अपिलप्रति सहानुभूति जनाएका छन् भने कतिपयले यो घटनाले वार्ता प्रक्रियामा नयाँ मोड ल्याउन सक्ने बताएका छन्।

कायरोमा हाल जारी वार्ता र बन्दीको अवस्थाबारे भने सम्बन्धित पक्षहरूले अझै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

Write your Comment





suv prannath