काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेका नेतृत्व परिवर्तनका चर्चाबारे कडा प्रतिक्रिया दिएका छन्। उनले आफू कुनै हालतमा दबाबमा नझुक्ने र अन्तिम क्षणसम्म अडानमै रहने स्पष्ट सन्देश दिएका छन्।
ओलीले भने, “कुनै हालतमा शिर झुक्न दिन्नँ। जबसम्म सक्छु, अडानमा रहन्छु, सक्न छाडेपछि मात्र छाडिदिन्छु।” उनले आफ्नो राजनीतिक यात्राभर जनताको हित र राष्ट्रको स्वाभिमानका पक्षमा अडान लिँदै आएको भन्दै अब पनि त्यसै मार्गमा अडिग रहने बताएका छन्।
पार्टीभित्र पछिल्ला दिनमा नेतृत्व परिवर्तन र नयाँ पुस्ताको तयारीबारे चलिरहेका बहसका बीच ओलीको यो भनाइ आएको हो। उनका अनुसार, “राजनीतिमा अडान र सिद्धान्त त्याग्ने हो भने नेतृत्वको अर्थ हुँदैन।” ओलीले कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान पनि गरेका छन्।
Write your Comment