सिटौलाको चेतावनी : कांग्रेसको हस्ताक्षर अभियानले पार्टी फुट्न सक्छ

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
६० पाठक संख्या


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको हस्ताक्षर अभियानले पार्टी विभाजनसम्म पुग्न सक्ने आशङ्का व्यक्त गरेका छन्।

आज बिहान उपसभापति पूर्णबहादुर खड्कासहित आफ्ना निकट केन्द्रीय सदस्यहरूसँगको भेटमा सिटौलाले हस्ताक्षर अभियानप्रति असन्तुष्टि जनाएका हुन्। उनले भने, “पार्टी कार्यालय र घरमा त आगो लाग्यो, सङ्गठनमा पनि आगो लाग्छ, कम्तीमा सङ्गठनमा आगो लगाउने काम कसैले नगरौँ। अहिले दुई वटा महामन्त्रीले हस्ताक्षर अभियान चलाइरहेका छन्। यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने अवस्थासम्म पुर्‍याइदिन सक्छ।”

महामन्त्रीद्वयले पार्टी सभापति शेरबहादुर देउवा लाई हटाउन विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाइरहेका छन्। यसमा इतर पक्षका नेता डा। शेखर कोइराला का समर्थक नेताहरू पनि सहभागी छन्। सिटौलाले हस्ताक्षर अभियान गर्ने र नगर्ने पक्षबीच असहमति बढे पार्टीभित्र अन्तरघात र चुनावमा नकारात्मक असर हुने सम्भावनाको चेतावनी दिएका छन्।

Write your Comment





suv prannath