ओलीको सरकारप्रतिको कडा टिप्पणी : “यो सरकार बलमिच्याइँले बनेको हो”

रातोघर

 २०८२ आश्विन २३, बिहिबार  मा प्रकाशित
६२ पाठक संख्या


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले अहिलेको सरकार संविधान अनुसार नभएर बलमिच्याइँका माध्यमबाट बनेको बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकारको legitimacy मा प्रश्न उठाउँदै संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने प्रयास भएको टिप्पणी गरेका छन्।

ओलीले भने, “अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो—संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन्। लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो।” उनले राष्ट्रपति द्वारा फागुन २१ गते निर्वाचन गर्न तोकिएको बताए।

उनले थपे, “यो सरकार नेपालीको होइन। अरू कसको हो भन्ने थाहा छैन। कहिले मलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले पासपोर्ट रोक्ने, कहिले उपत्यका बाहिर जान नदिने—यस्ता तमासाले डराउने मान्छे होइन म। सुशीला कार्कीको डरले म भाग्दिनँ।”

ओलीले गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्र थाहा पाएको र भविष्यमा राजनीति र प्रशासनलाई ख्यालपूर्वक अघि बढाउन सुझाव दिन चाहेको बताएका छन्। उनले भने, “गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु। राजनीति, देश चलाउने कुरा ठट्टा होइन, बुझेर चल्न म सुझाव दिन्छु।”

Write your Comment





suv prannath