२६ जिल्लामा उच्च सतर्कता : प्राधिकरणद्वारा भारी वर्षा र हिमपातको चेतावनी

रातोघर

 २०८२ कार्तिक १३, बिहिबार  मा प्रकाशित
५१ पाठक संख्या


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि पर्सि बिहानसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै २६ जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “अगामी ४८ घण्टाभित्र केही स्थानहरूमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले सर्वसाधारणले सतर्कता अपनाउन, निरन्तर मौसमबारे जानकारी लिएर बस्न र अत्यावश्यक काम बाहेक यात्रा नगर्न अनुरोध गर्दछौं।”

यस अवधिमा वर्षा र हिमपातका कारण बाढी, पहिरो, चिसो बढ्ने, सडक अवरुद्ध हुने तथा हवाई र स्थल यातायातमा अवरोध आउने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिहरूलाई पूर्वतयारीमा रहन र सम्भावित जोखिम न्यूनीकरणका उपायहरू अपनाउन समेत निर्देशन दिएको छ।

Write your Comment





suv prannath