काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग पार्टी एकता गर्न नयाँ सर्त अघि सारेका छन्।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वबाट बिदा हुन तयार भए मात्रै एकताको वातावरण बन्न सक्ने बताएका हुन्।
भुसालले भने, “तपाईंहरू (प्रचण्ड र माधव नेपाल) ले अब नेतृत्व छाड्ने भए एकताको बाटो खुल्छ। मैले प्रचण्डलाई पनि यही कुरा भनेको छु। अन्यथा, झन्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा फेरि धोका हुन्छ। हिजो पनि एकताबाट नै धोका सुरु भएको हो।”
उनका अनुसार, अघिल्लो एमाले–माओवादी एकतापछि केपी शर्मा ओली राजनीतिक रूपमा अझ बलियो भएका थिए, जसले त्यस एकताको उद्देश्य नै विपरीत परिणाम दिएको बताए।
माओवादीसँग एकता गर्ने विषयमा नेकपा (एस) भित्र अहिले गम्भीर मतभेद देखिएको छ। बैठकमा पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको सचिवालय स्रोतले जनाएको छ।































Write your Comment