कसले मार्ला बाजी: गठबन्धनको अवस्था के हो? गठबन्धन सम्भव छ या छैन?

अर्को स्तम्भमा जीतपुरसिमरामा कुन पार्टीबाट को को छन् मेयरको आकांक्षी र स्थानिय स्तरमा कस्तो कस्तो छ आकांक्षीको पोजिशन भन्ने बिषयमा चर्चा गर्नेछौं ।

रातोघर

 २०७८ चैत्र १९, शनिबार  मा प्रकाशित
८०७ पाठक संख्या


बि.पी. भट्ट/
१९ चैत्र,सिमरा ।
स्थानिय तह निर्वाचनको मिति दिनप्रति दिन नजिकिदै गईरहेको अवस्थामा यतिवेला चासो र चिन्ता नेतालाई मात्र नभई आम मानिसमा समेत पर्न थालेको देखिन्छ । यसै सन्धर्बमा हामीले नियमित रुपा केही स्थानिय तहहरुको राजनिति अवस्थाको बिषयमा बिषलेशण गर्ने प्रयास गरेका छौं ।

हरेक स्थानिय तहमा हेर्ने हो भने अधिकांश आकांक्षीं नेताहरु पार्टीको तर्फबाट उमेद्वार बन्न टिकट कसरी हात पार्न सकिन्छ भनेर जोड घटाउमा लाग्न थालिसकेका छन् । हामीले तयार गरेको “कसले मार्ला बाजी?” स्तम्भमा नियमित रुपमा लेख,भिडियो कुराकानी,स्थलगत रिपोर्टहरु हाम्रा पाठक तथा दर्शक माझ प्रस्तुत गर्नेछौं ।

कसले मार्ला बाजी ? आजको सेसनमा हामीले जीतपुरसिमरा उपमहानगरपालिकामा गठबन्धनको अवस्था के हो? गठबन्धन सम्भव छ या छैन? हुदाँ कसलाई फाईदा नहुदाँ कसलाई घाटा बन्ने बिषयमा संक्षिप्त चर्चा गर्ने प्रयास गरेका छौं । हाम्रो बिचार निष्पक्ष छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा २४ वटा वडाहरु छन् । सम्रगमा हालको राजनितिक अवस्था हेर्ने हो भने देशको मुख्य मुख्य स्थानिय तह भन्दा अन्य स्थानिय तहमा गठबन्धन सम्भव छैन भन्ने देखिन्छ । जीतपुरसिमरा उपमहानगरपालिकामा २०७४को निर्वाचनको नतिजा र बिभिन्न दलहरुको बिभाजनपछिको अवस्था हेर्ने हो भने यतिवेला नेपाली काँग्रेसले आफुलाई यस स्थानिय तहमा शक्तिशाली पार्टीको रुपमा हेरेको छ ।

जसले गर्दा नेपाली काँग्रेसले आफ्नो पार्टीबाट मेयरको दाबी गरि रहेको प्रष्ट देखिन्छ । तर यता २०७४को निर्वाचनमा तेस्रो हुनपुगेको नेकपा माओवादी केन्द्रले भने आफ्नै जीत सुनिश्चित रहेको दाबी गरि रहेको छ । के छ त माओवादीको जोड घटाउ? २०७४को निर्वाचनमा सामान्य तयारीले निर्वाचनमा उत्रिदाको अवस्थामा समेत पालिकामा ठुलो दल हुन सफल भएको माओवादी केन्द्रको बुझाई छ । केन्द्रले झिनो मतले हारेको अन्य ३ वडाको समेत हिसाब गरेको देखिन्छ ।

स्थानिय तह निर्वाचनमा मेयरको उमेद्वारको पपुलर भोटदेखि प्रत्येक वडाको उमेद्वारहरुको सपोर्टले समेत नतिजामा असर गरेको हुन्छ । यतिवेला जीतपुरसिमराको अवस्था हेर्ने हो भने गठबन्धन टर्ने संकेत देखिन्छ । यधैंपी काँग्रेसको नेतृत्वान गठबन्धन भयो भने काँग्रेसको उमेदवारले नतिजा हातपर्ने दरिलो अवस्था बन्न सक्ने देखिन्छ । तर यदि गठबन्धन टर्यो र शिर्ष दलहरु एक्का एक्लै मैदानमा उमेद्वार बन्यो भने काँग्रेस भित्रको आपसी मतभेदले मेयरको बाजी हात पार्न निकैं संर्घष गर्नुपर्ने देखिन्छ ।

यदि गठबन्धन माओवादी केन्द्रको नेतृत्वमा जाने हो भने माओवादीलाई मेयरको बाजी आफ्नो पल्टामा पार्न धेरैन संघर्ष गर्नुपर्ने देखिन्छ । यसको प्रत्येक्ष फाईदा नेकपा एमालेलाई पुग्ने देखिन्छ । गठबन्धनमा नेकपा एसको अवस्था के छ त? भनेर हेर्ने हो भने एसले पनि मेयरको दाबी भने गरेको देखिन्छ । २०७४को निर्वाचनमा एमालेले जितेको उपमहानगर भएकोले एसको दाबी आफ्नै दाबी छ ।

त्यस्तै क्षेत्रगत हिसाबले समाजवादी पार्टीको समेत गठबन्धनबाट मेयरको दाबी नरहेको भने होईन । तर २०७४को निर्वाचनको नतिजालाई केलाउने हो भने गठबन्धन भएमा मेयरको नेतृत्व कि त काँग्रेस की त माओवादीले हात पार्ने प्रष्ट देखिन्छ ।

गठबन्धनमा बाधक वडा
यदि गठबन्धन भयो भने मेयर र उपमेयरको त्याग गर्ने दुई दलले २४ वडा मध्येको केही महत्वपुर्ण वडाको बार्गेनिङ्ग गर्ने सिनारियो देख्न सकिन्छ । तर २०७४को निर्वाचनमा जितेको वडाहरु छोड्ने पक्षमा माओवादी केन्द्र देखिदैन । सम्रग अवस्था हेर्दा गठबन्धन जोगाउनको लागि पनी केन्द्रिय शिर्ष नेताहरुले बाराको २ उपमहानगरलाई नैं भागबन्डा मिलाएर फोर्सली निर्णय गर्न सक्ने अवस्था भने कायमनैं देखिन्छ ।

तर स्थानिय नेताको जोड घटाउ हेर्ने हो भने गठबन्धनमा काँग्रेस र माओवादी दुवैले आफ्नो आफ्नै मेयरको नेतृत्वको दाबी छोडने अवस्था देखिदैन । हामी “को बन्ला मेयर?”को अर्को स्तम्बमा जीतपुरसिमरामा कुन पार्टीबाट को को छन् मेयरको आकांक्षी र स्थानिय स्तरमा कस्तो कस्तो छ आकांक्षीको पोजिशन भन्ने बिषयमा चर्चा गर्नेछौं । सबैलाई धन्यवाद ।

Write your Comment





suv prannath