


चैत्र२३,बि.पी.भट्ट,सिमरा/ “कसले मार्ला बाजी?”को आजको सृङ्खलामा जीतपुरसिमरामा नेकपा एमाले पार्टीबाट को—को छन् मेयरको आकांक्षी र स्थानिय स्थरमा कसको कस्तो छ प्रभाव भन्ने बिषयमा चर्चा गर्नेछौं ।
जीतपुरसिमरामा यतिवेल धेरै आम मानिसको ध्यान नेकपा एमाले पार्टी तिर केन्द्रित भएको छ । जीतपुरपसिमरामा एमालेलाई यतिवेल दुईवटा चुनौती रहेको छ । पहिलो चुनौती हो गठबन्धनको उमेद्वारलाई हराउन सक्ने उमेद्वार छान्न सक्नु र दोस्रो चुनौती हो २०७४को निर्वाचनपछि जीतपुरसिमराको ५ बर्षे एमाले पार्टीबाट जितेका मेयरको नेतृत्व असफल भयो भन्दै सामाजिक संजालमा खेप्नु परेको टिका टिप्पणीहरुको जनता माझ गएर जवाफ दिनु पर्ने देखिन्छ यो एकदमैं धु्रब सत्य कुरा हो ।
हालको ५ बर्षे नेतृत्वलाई विपक्षीले मात्र होइन की आफ्नै पार्टी भित्रकाले पनी नेतृत्वलाई गाली गर्ने गरेको छप्र्रष्टनैं छ । यी त भए चुनौतीका कुरा तर यहि चुनौतीमा एमालेको लागि अर्को महाभारत सिद्घ हुने देखिन्छ मेयरको टिकट “कसले मार्ला बाजी?”
नेकपा एमालेमा मेयरका संभावित आकांक्षीहरु को—को छन्?
यसैबिषयमा केन्द्रित रहेर हाम्रो बुझाईलाई यो लेखमा आम मानिसको जिज्ञासा मेटने प्रयास गरेका छौं । हामी निष्पक्ष छौं ।
नेकपा एमाले पार्टीको जीतपुरसिमरा उपमहानगरपालिकाको लागि मेयर पदको आकांक्षी हेर्ने हो भने अन्य पार्टीको तुलनामा धेरै छन् । झन्डै आधा दर्जन जसो सक्रिय नेताहरुको मेयरको उमेद्वार आकांक्षा राखेको देखिन्छ खैंर बाजी मार्ने भने एकले नैं हो । पार्टीले मेयर डा.कृष्ण पौडेललाई दोराउने अवस्था भने देखीदैन तर उपमेयर सरस्वती चौधरी भने यतिवेला अन्य आकांक्षीको लागि टाउको दुखाई जतिकै भएको छ ।
२०७४को निर्वाचनमा शिक्षिका पेसा त्यागेर उपमेयर बनेकी चौधरीको पछिल्लो समय एमालेमा तलदेखी माथि सम्म बलियो पकड बनाउन सफल भएकी छिन् । आउँदो बैशाखमा हुने निर्वाचनमा उनले मेयरको उमेद्वार बन्ने आकांक्ष ब्यक्त गरिसकेकी छिन् । ५बर्षे उपमेयरको नेतृत्व गर्दैगर्दा उनलाई पालिकाको रस पस्नु सोभाविक हो त्यस हिसाबले पनी उनी मेयर बन्ने आकांक्षा राख्नु सोभाविकनैं हो ।
तर मेयरको जस्तै ५ बर्षे कार्यकालमा उपमेयरको पनी टिका टिप्पणी नभएको भने होइन । जसले गर्दा चौधरीलाई पार्टीले फेरी पनी मेयरको अवसर दिन्छ भनेर आश मात्र गर्न सकिन्छ भरपर्न सकिदैन । पुर्व एमाले नेता सुन्दर वि.क.को छत्रछायाँबाट एमाले पार्टीमा अगाडी बढेकी चौधरीलाई अहिले नेता ज्वाल कुमारी साहले साथ रहेको छ । मेयरपदका लागि साहले सरस्वती चौधरीलाई सिफारिस गर्ने संकेत देखिएको छ ।
यस्तै एमालेमैं मेयरका अर्का आकांक्षी नारायण क्षेत्री हुन । क्षेत्री पुर्व गा.वि.स. अध्यक्ष, सुकुम्वासी आयोग बाराका पुर्व अध्यक्ष र साना किसान सहकारी संस्था लि.को पुर्व अध्यक्ष र निर्वतमान मुख्य प्रबन्धक समेत रहेर काम गरेको अनुभव रहेको छ । क्षेत्रीको जनमत राम्रो रहेकाले पनी उनलाई एमालेका नेता अच्युत मैनालीको साथ रहेको जानकारवालाहरु बताउँछन् । एमालेबाट मेयरको टिकट पाउन सक्ने बलियो जनधार बोकेका ३ ब्यक्ति मध्येको सुचिमा रहेका क्षेत्रीले अगामी दिनमा शिर्ष नेतालाई कसरी रिझाउने छ भन्ने कुराले पनी अर्थ राख्दछ ।
त्यस्तै एमाले पार्टीबाट मनोज पौडेल मेयरका अर्का आकांक्षी हुन् । पौडेलले विभिन्न संघसंस्थाको नेतृत्व गर्नुको साथै उनी सञ्चार उद्यमी समेत हुन् । पौडेलले लामो समय सञ्चार क्षेत्रमा विताएका छन् । पछिल्लो समय सिमरामा बढ्दो प्रर्दुषणको विरोधमा खरो उत्रिएका पौडेललाई युवाहरुको साथ समेत रहेको देखिन्छ । एमालेका नेता पुरुषोतम पौडेलको निकट मानिएका मनोज पौडेललाई मेयरको उमेद्वार बनाउन पुरुषोतम पौडेलले पार्टी अध्यक्ष सम्मको लभिङ्ग गर्न सक्ने भएकोले पनी मनोज पौडेल ३ मध्येको एक बलियो आकांक्षीको रुपमा देखिएको छ ।
त्यस्तै अर्का बलियो मेयरका आकांक्षी भोला अधिकारी हुन् । उनी पिप्रा सिमराका गा.वि.स.का पुर्व अध्यक्ष हुन् । अधिकारी २ पटकसम्म गा.वि.स. अध्यक्ष भएका थिए । अधिकारी स्थानिय नेता सबैको चित्त बुझाएर मेयरको उमेद्वार बन्छु भन्नेमा छन् । २०७४को निर्वाचनमा वडासदस्यमा उमेद्वार दिएका अधिकारीलाई आफ्नै वडाबाट पराजित हुनुनैं उनको पेचिलो विगतले राजनितीमा ठुलो क्षेती हुनपुगेको छ । मेयरका आकांक्षी मध्येको बलियो उमेद्वार भएता पनी अधिकारीको बिषयमा पार्टी भित्र २०७४को निवाचनको बिषयले स्थान पाउने हुदाँ अन्य दुईको तुलनाका १९/२०को अवस्था बन्न सक्नेछ । यध्यपी अधिकारीले यो कुरालाई पार्टी भित्र तलदेखी माथि सम्म कसरी चिर्न सक्छन् भन्ने महत्वपुर्ण कुरा हो ।
त्यस्तै कासिम हुसेन एमाले पार्टीबाट अर्का आकांक्षी हुन् । हुसेनलाई अच्युत मैनालीले सिफारिस गर्न सक्ने अवस्था देखिन्छ । भौगोली क्षेत्रको अवस्था र मुस्लिम समुदायको उपस्थिती हेर्ने हो भने कासिम हुसेन पनी मेयरको बाजी मार्न सक्ने आकांक्षी हुन् । केन्द्रिय नेताहरु सँग कम उठबस राख्ने भद्र सोभावका हुसेन पनी अन्य आकांक्षीको लागि टाउको दुखाई बराबर भएको छ । पछिल्लो समय सिमरा खानेपानीको निर्वाचनमा गठबन्धनबाट अध्यक्षका साँझा उमेद्वारलाई पराजित गर्दै तेस्रो पटक पुन अध्यक्ष बनेका हुसेनको लागि मेयर पदको भोट पोलिङ्ग गरे बराबर भएको छ ।
आजलाई यतिनैं हामी “कसले मार्ला बाजी?”को अर्को सृङ्खलामा जीतपुरसिमरामा नेकपा माओवादीमा पुर्वसांसद देखि केन्द्रिय सदस्य सम्मको मेयरको आकांक्षी र स्थानिय स्थरमा कसको कस्तो छ प्रभाव भन्ने बिषयमा चर्चा गर्नेछौं । धन्यवाद्







Write your Comment