


चैत्र२३,बि.पी.भट्ट,सिमरा/
“कसले मार्ला बाजी?”को आजको सृङ्खलामा जीतपुरसिमरामा नेकपा माओवादी केन्द्रबाट को—को छन् मेयरको आकांक्षी र स्थानिय स्थरमा कसको कस्तो छ प्रभाव भन्ने बिषयमा चर्चा गर्नेछौं ।
जीतपुरसिमरा देशभरी भएका उपमहानगर मध्येको सबैभन्दा बढी आम्दानीको स्रोत भएको उपमहानगर हो । वितेको ५ बर्षमा नगरको मुहार नै फेरियो भन्ने र सम्झि रहने काम कतै भएको देखिदैन । जनप्रतिनिधीलाई काम गर्ने प्रसस्तै अवसर हुदाँहुदै नेतृत्व कहाँ चुक्यो भन्ने कुराको हिसाब किताब हिमीले भन्दा बढी जनताले राखेको छ भन्ने हाम्रो बुझाई हो । यो भोगाईले जनतालाई अबको नेतृत्व कस्तो हुनुपर्छ भनेर राम्रै पाठ सिकायो भन्ने लाग्छ ।
खैर त्यसको नतिजा आउन भने अबको केही दिन पर्खिनु पर्ने हुन्छ । यसै सदन्र्भमा नेकपा माओवादी केन्द्रले चाहि जनता माझ कस्तो उमेद्वार अगाडी सार्दै छ यो भने हेर्न बाँकी छ । मेयरको आकांक्षीहरुको भिडमा माओवादी केन्द्रबाट को को छन् त सम्भावित मेयरको आकांक्षी कसको बढी छ चर्चा भनेर यो लेख प्रस्तुत गरेका छौं । हेरेर प्रतिक्रिया दिनु होला । हामी निष्पक्ष छौं ।
माओवादी केन्द्रमा मेयरका प्रत्याशी देखि केन्द्रिय सदस्य र संविधान सभा सदस्य सम्मका आकांक्षी रहेको देखिन्छ । केहीले मुख खोलि सकेका छन् भने केही भित्र भित्रै लविङ्ग गरि रहेका छन् । २०७४को निर्वाचनमा मेयरको प्रतिस्प्रर्धी हरुसंग प्रतिस्प्रर्धा गर्न सक्ने उमेद्वार खोज्ने क्रममा केन्द्रले प्रदेश कमिटी सदस्य राजन पौडेललाई अगाडी सार्यो । उनले माओवादी केन्द्रको उमेद्वार पौडेलले मेयरपद जित्न नसके पनी एमाले र काँग्रेसको उमेद्वारलाई टक्कर भने दिएका थिए ।
त्यतिमात्र होइन कार्यपालिकाको सबैभन्दा ठुलो दल बन्न समेत सफल भएको थियो । माओवादी केन्द्रमा अहिलेको अवस्था हेर्ने हो भने मुख्य त ३ जना संभावित आकांक्षीको चर्चा बढी हुने गरेको छ । माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य राजन पौडेल चर्चामा रहेका मध्येको पहिलो ब्यक्ति हुन । उनको चर्चा पार्टी भित्र मात्र नभई पार्टी भन्दा बाहिर आम मानिसले गर्ने गरेको सुनिन्छ ।
२०७४को निर्वाचनमा पराजय खेप्नु परेका पौडेलको चर्चा यो ५ बर्षमा खुबैले चल्यो । कारण हो उनी मेयरपद भन्दा बाहिर बसेर पनी यस ठाँउको बिकासमा लागि राखे र केन्द्रदेखी ठुला ठुला आयोजना पार्न सफल भए । जसले गर्दा पौडेलको माओवादीबाट उमेद्वार बन्छ भन्ने कुरा पार्टी भित्र भन्दा पनी पार्टी बाहिर बढी चर्चा छ । खैर यसको निर्णय भने माओवादी पार्टीले नै गर्नेछ । मेयरको टिकट पाए गठबन्धन विना नैं यस पटक सजिलै जित्न सकिन्छ भन्दै पार्टी भित्र लविङ्ग गरि रहेका पौडेल कतिको सफल होला त्यो भने हेर्न बाँकी नै छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट मेयर पदमा संविधान सभा सदस्य जयराम दाहाल अर्का आकांक्षी हुन । दाहाल संविधान सभा सदस्य समेत हुन् । संविधान सभा सदस्य नैं मेयरको आकांक्षी हुनु देखिनुमा केही मानिसहरु भने अलि अनौठो मानि रहेका छन् । संविधान सभा सदस्यको पदमा रहि रहदाँ जनता माझमा तेति प्रभाव छोड्न नसकेको स्थानियहरुको आरोप छ । दाहालले मेयरको टिकट पाएमा जनता भन्दा बढी विपक्षी दलका उमेद्वारहरु खुसि हुने देखिन्छ । खैर चुनावी मैदानमा उत्रिए पछि कसको पल्ला भारी छ फेरी लेख्ने नैं छौं ।
त्यस्तै माओवादी केन्द्रमैं अर्का मेयरका आकांक्षी क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ हुन् । श्रेष्ठ अहिले माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत हुन् । श्रेष्ठलाई धेरै ठाँउहरुमा के छ भावी मेयर साब भनेर जिस्काउने समेत गरेको सुनिएको छ । श्रेष्ठले मिडियासंग आफु मेयरको आकांक्षी हो भनेर भनि सकेका त छैनन् तर उनी पार्टीले उमेद्वार बनाए मेयर पदमा चुनाव लड्ने सोचमा रहेको उनी निकट एक नेताले बताए । माओवादी केन्द्रमा देखिएको ३ आकांक्षी हेर्ने हो भने तिनै जना केन्द्रमा बलियो पकड भएका हरु हुन् । अन्तिममा पार्टीको निर्णय कसको पक्षमा आउछ त्यो भने हेर्न बाँकी छ ।
आज लाई यतिनैं “कसले मार्ला बाजी?”को अर्को सृङ्खलामा जीतपुरसिमरामा १,२,३,४मा जित्न सक्ने सम्भावित वडाध्यक्षका आकांक्षी को को छन् र स्थानिय स्थरमा कसको कस्तो छ प्रभाव भन्ने बिषयमा चर्चा गर्नेछौं ।







Write your Comment