


बैशाख १०,बि.पी.भट्ट, सिमरा/ कसले मार्ला बाजीको आजको श्रृखलामा हामीले नेकपा एमाले पार्टीबाट मेयरका आकांक्षी रहेका नारायण क्षेत्री को हुन् भनेर चर्चा गर्ने प्रयास गरेका छौं । हामीले गरेको सर्वेक्षण अनुसार एमाले पार्टीबाट दरिलो सम्भावना बोकेको र गठबन्धनलाई चुनौती दिन सक्ने मध्येका नारायण क्षेत्री मेयरका दाबेदार आकांक्षी हुन् ।
क्षेत्रीले गरेका सामाजिक योगदान देखी विभिन्न समयमा विभिन्न संघ संस्थामा बसेर गरेका कामले पनी उनी मेयरको उमेदवार बन्दै गर्दा आउने पपुलर भोटमा अन्य आकांक्षीको तुलनामा अत्याधिक बढि भएको विश्लेषण गर्न सकिन्छ ।
मेयरका दावेदार आकांक्षी रहेका क्षेत्रीको सामाजिक र राजनितिक पृष्टभुमी के हो?कस्तो छ क्षेत्रीको प्रभाव? एमाले पार्टीबाट टिकट सम्भावना के हो?
क्षेत्रीको सामाजिक,राजनितिक,जनसम्पर्क,संघसंस्थाको नेतृत्वमा प्राप्त गरेका सफलता हेर्ने हो भने एमाले बाट मेयरको टिकट पाउनेमा पहिलो दावेदार ब्यक्ति मानिन्छ । खैंर यसप्रति एमालेको निर्णय के आउनेछ त्यो भने हेर्न बाँकी छ ।
के के छ क्षेत्रीको बलियो आधारहरु?
नारायण क्षेत्रीले यस क्षेत्रमा सहकारी अभियानको नेतृत्व गर्दै २०५२ सालमा साना किसान कृषि सहकारी संस्थाको तदर्थ समितिको अध्यक्षमा निर्वाचित भएर २०५३ चैत्र ४ गते सहकारी संस्था दर्ता गराएका थिए ।
क्षेत्री २०५४ सालमा भएकोे स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले पार्टीको तर्फबाट गाविस अध्यक्षको उम्मेदवार भई नेपाली काँग्रेससँग ३८३५ मत ल्याएर फराकिलो मतअन्तरले विजयी भई गाविस अध्यक्ष भएका थिए ।
स्थानिय निकायको नेतृत्व गरेका क्षेत्रीले २०५७ सालमा जिल्लाको उत्कृष्ट गाविसको रुपमा नगद २५ हजार सहित पुरस्कृत तथा नेपालमा उत्कृष्ट मध्ये एक नमुना गाविसको रुपमा स्थापित गराएका थिए ।२०६६ साल चैत्र १२ गते सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएर आयोगको नेतृत्व गरे ।
२०६७ चैत्रमा सरकारले आयोगको जिम्मेवारीबाट देशभरिमा उत्कृष्ट तेश्रो भएका क्षेत्रीले २५ सय परिवारलाई लालपुर्जा बाँडेर सरकारको ढुकुटीमा ३३ लाख ५६ हजार राजस्व जम्मा गराएर हाल राज्यलाई करोडोैंको आम्दानी र नागरिकलाई कारोवारमा सहज बनाएका थिए । त्यस समयमा क्षेत्रीको कामबाट प्रत्येक्ष लाभ लिनेहरुले क्षेत्रीको पक्षमा भोट दिने अवस्था देखीन्छ ।
२०६८ साल बैशाख देखि साना किसान सहकारी डुमरबानामा मुख्य प्रबन्धकको रुपमा कार्य गरी सहकारी अभियानको नेतृत्व गरेका क्षेत्रीले २०७१ र २०७२ सालमा साना किसान सहकारी डुमरबानाको तर्फबाट भारत दिल्लीमा ७ दिन तथा जापान ओकिनावामा २ महिनाको तालिममा सहभागिभैं सहकारीमा विभिन्न नयाँ योजना ल्याएर क्रान्ति र नयाँ युगको सुरुवात गरेका थिए ।
क्षेत्रीले २०७२ देखि २०७५ साना किसान सहकारी डुमरबानामा राज्यकोष बाट करीव २ करोड ५० लाख रकम अनुदान ल्याएर एकीकृत कृषि सेवा केन्द्र लगायत ६ वटा सेवाकेन्द्र, खाद्य उद्योग, फार्मर्समाट स्थापना गरेको थिए ।
क्षेत्रीकैं कारण हाल १७५ भन्दा वढी व्यक्तिहरुले प्रत्यक्ष रोजगार पाएको कुरालाई नर्कान सकिदैन । क्षेत्रीको योगदानबाट १ अर्ब ७५ करोड रकम सहकारी मार्फत परिचालन गरी अप्रत्यक्ष रुपमा कृषि,पशुपालन,घरेलु उद्योग,ब्यवसाय सञ्चाल जस्ता क्षेत्रका ठूलो रोजगारी सिर्जना गरेको देखिन्छ ।
क्षेत्रीले यस क्षेत्रभित्र सहकारी मार्फत २०५४ सालदेखिको हालसम्म दुग्ध उत्पादन क्षेत्रको रुपमा डुमरवानालाई चिनाउन ढुलो योगदान पुराए । २०५६ सालमा साना किसान कृषि सहकारी संस्थाको देशको उत्कृष्ट दुग्धसंस्थाको रुपमा सम्मानित भएको थियो ।
२०७८ साल फागुन २८ गते साना किसान सहकारी संस्थाको प्रमुख प्रबन्धकबाट राजीना दिएर पुर्णकालिन समाजसेवा तथा सक्रिय राजनीति यात्रामा होमिएका नेकपा एमालेका नेता नारायण क्षेत्री मेयरको उमेदवार बने गठबन्धनको लागि भारी पर्न सक्ने देखिन्छ । बिशेष श्रोतका अनुसार शिर्ष नेता अच्युत मैनाली र ज्वाला कुमारी साहको सल्लाह बमोजिमौं क्षेत्रीले साना किसान कृषि सहकारी डुमरवानाको मुख्य प्रबन्धकबाट राजिनामा दिएर सक्रिय राजनितिमा आएका थिए ।
कस्तो छ नारायण क्षेत्रीको राजनितिक पृष्टभुमी?
पिता चन्द्रबहादुर बस्नेत क्षेत्री र माता भवमाया बस्नेतको कोखबाट २०२६ असार ५ गते नारायण क्षेत्रीको जन्म भयो । क्षेत्रीले २०३६ सालमा राजनीतिमा प्रवेश गरे, २०३६ बहुदल निर्दलको आन्दोलनमा बहुदलको पक्षमा आन्दोलनमा सहभागी भए ।
२०४० सालको बामपन्थी आन्दोलनमा सहभागी भए र अनेरास्ववियु विद्यालय प्रा.क.मा संगठीत भए । क्षेत्रीले २०४२ सालमा बामपन्थी आन्दोलनको नेतृत्व गर्दै शिक्षक आन्दोलनमा सहभागी भए । २०४२ र २०४३ सालमा बामपन्थी आन्दोलनको नेतृत्व गर्नुको साथै राष्ट्रिय पंचायत र गाविसको जनपक्षीय चुनावी प्रचारको नेतृत्व गरेका थिए ।
क्षेत्री २०४४ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष तथा अञ्चल कमिटीमा निर्वाचित भएका थिए । २०४५ र २०४६ सालमा जनआन्दोलनको जिल्ला परिचालन कमिटीमा आवद्ध भए । त्यसपछि क्षेत्रीले २०४५ सालमा नेकपा मालेको पार्टी सदस्यता प्राप्त गरेका थिए ।
२०४४ देखि २०४७ सालमा स्वरोजगार गर्दै विरगंजबाट आई.एड.को अध्ययन पुरा गरी २०४७ देखि २०५० सालमा स्वरोजगार गर्दै किर्तीपुरबाट वि..एड.को अध्ययन पुरा गरेका थिए । २०६२ देखि २०६४ सालमा एमिल एकेडेमीको सह प्रधानाध्यापक भई स्वरोजगार गर्दै प्रदर्शनीमार्ग आरआर क्याम्पसबाट क्षेत्रीले एम..ए.को अध्ययन पुरा गरेका थिए ।
२०६४ देखि २०६६ सालमा वर्दिबासमा एभरेष्ट्र विद्यालयको प्रधानाध्यापक र सुनगाभा एफ एमको सचिव भएर दर्ता गरी स्वरोजगार एवं संचार क्षेत्रको नेतृत्व गरेका क्षेत्रीले बाराको डुमरवानामा पनी समय एफ.एम. सञ्चालन गरि रहेका छन् ।
क्षेत्रीको कार्य अनुभव हेर्ने हो भने आजसम्म कसैको प्रभावमा नपरेको र कसैको धम्की सँग नडराई निरन्तर आफ्नो गतिमा कामको जिम्मेवारी पुरा गर्ने स्वभाव रहेको छ । क्षेत्रीको सामाजिक,राजनितिक,जनसम्पर्क,संघसंस्थाको नेतृत्वमा प्राप्त गरेका सफलता हेर्ने हो भने एमाले बाट मेयरको टिकट पाउनेमा पहिलो दावेदार ब्यक्ति मानिन्छ । खैंर यसप्रति एमालेको निर्णय के आउनेछ त्यो भने हेर्न बाँकी छ ।







Write your Comment