


‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त पेनकिलर नै खाने गर्छु ।’
यस्ता समस्या लिएर धेरै युवायुवती अस्पताल आउने गरेका छन् । पहिला ढाड दुख्ने समस्या लिएर वृद्ध उमेरका व्यक्ति धेरै अस्पताल पुग्थे । यो समस्या उमेर पुगेकाहरुमा हड्डी कमजोर भएर देखिने रोग मानिन्थ्यो । तर अहिले युवाहरुमै योे समस्या छ ।
कारण
ढाड दुख्ने समस्याको प्रमुख कारण आधुनिक खानपान र व्यस्त जीवनशैली हो । संसारभर आफ्नो पेशा नै परिवर्तन गर्न बाध्य बनाउने समस्या ढाड दुखाइ हो । भागदौड, हड्डी बलियो बनाउने आहार कम, कमजोर बनाउने खाने कुरामा जोड दिनुपर्छ । एउटै पोस्चरमा लामो समय बसेर काम गर्ने बानीले २५ वर्षको उमेरदेखि ५० वर्षको उमेर समूहमा ढाड दुख्ने समस्याले सताइरहेको देखिन्छ ।
लामो समयसम्म बसिरहने काम गर्नेहरु जो लगातार एकै पोस्चरमा बस्दा ढाड दुख्ने गर्छ । फलस्वरूप हड्डी, नसा कमजोर हुँदै जान्छन् । नसा च्यापिने समस्या पनि देखिन्छ । अहिले मानिसहरु टन्न खानपान गर्ने तर सकेसम्म कसरत नहुने काम गर्न रुचाउने हुँदा उनीहरु सक्रिय हुँदैनन् । जब सक्रिय हुँदैनन् तब ढाड दुख्ने, कम्मर दुख्ने र हातखुट्टा नै दुख्ने समस्याले सताउने गर्छ । त्यसैले शरीरलाई चलायमान राख्न जरुरी छ ।
ढाड दुख्ने अर्को कारण धुम्रपान हो । धुम्रपानमा हुने निकोटिनले हड्डीलाई कमजोर बनाउँदै लैजान्छ । चुरोटको धुँवामा जुन हानिकारक रसायन हुन्छ, त्यसले हड्डीलाई कमजोर बनाउँछ । चुरोटको लत लागेकाहरुको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ । सबैभन्दा बढी ढाड दुख्ने समस्या अत्यधिक चुरोट पिउनुलाई जिम्मवार मानिन्छ । त्यसैले युवा उमेरदेखि नै उनीहरुमा ढाड दुख्ने समस्या हुन्छ । त्यसबाहेक वजन बढ्ने, मिर्गौलासम्बन्धी समस्या, मेरुदण्डको क्यान्सर, सुत्दा नमिलेर वा सुतेर पढ्दा पनि ढाड दुख्ने समस्या हुन्छ ।
उपचार
-एक-दुई दिन मात्र ढाड दुख्ने समस्या भए त्यसलाई सामान्य मानिन्छ । तर दैनिकी नै प्रभाव पार्ने खालको दुखाइ छ भने चिकित्सकलाई जाँच गराउनुपर्छ ।
online khabar







Write your Comment