


सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरले सुत्केरी गाईभैँसीलाई पोषण भत्ता दिने भएको छ । बुधबार बजेट सार्वजनिक गर्दै उपमहानगरले सुत्केरी गाईभैँसीका लागी बजेट बिनियोजन गरेको हो ।
नगरका सुत्केरी गाइभैँसीलाई ७ दिनको लागी नगद १ हजारका दरले मिनरल (पोषक तत्व) भिटामिन बितरण गर्ने भएको छ । जसका लागी नगरले ५ लाख रुपैँया बिनियोजन गरेको छ ।
त्यसैगरी नगरले पशुहरुको वाँझोपन निवारणका लागी पनी बजेट विनियोजन गरेको छ । पशुपालक कृषकहरुको गुनासो र समस्याहरुको आधारमा नगरले आर्थिक वर्ष २०८०÷८१ म बाँझोपन सम्बन्धि शिविर संचालन गर्ने भएको छ । जसका लागी ५ लाख रकम बिनियोजन गरेको हो ।
नगरले आर्थिक वर्ष २०८०/८१ का लागि पशुपंक्षि बिकास शाखा मार्फत २ करोड ४२ लाख रकम बिनियोजन गरेको छ ।







Write your Comment