


सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका १ पथलैयामा आज श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर साङ्गीतिक कार्यक्रमको आयोजना गरिंदैछ ।
संचार हव प्रा.ली.को आयोजनामा पथलैयाको श्रीकृष्ण मन्दिरको परिसरमा आयोजन गर्न लागिएको कार्यक्रममा बिभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने प्रा.ली. का अध्यक्ष दिवाकर भण्डारीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम साँझ ५ बजेदेखी शुरु हँुदैछ । कार्यक्रममा राष्ट्रिय कलाकार मेलोडी गायक कमल के क्षेत्री, लोक गायीका शान्तारानी परियार, प्रतिमा केसी, आधुनिक गायक कल्याण आले लगाएतको प्रस्तुती रहनेछ ।







Write your Comment