युएईको अलऐनमा तिज विशेष कार्यक्रम हुने

रातोघर

 २०८० भाद्र २४, आईतबार  मा प्रकाशित
६०७ पाठक संख्या


सिमरा ।

नेपाल एसोसिएसन–एनआरएनए युएई, अलऐन क्षेत्रीय समन्वय परिषदको आयोजना र संघिय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रीय समिती अलऐनको सह–आयोजनामा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा सेप्टेम्बर १६ तारिखका दिन नेपाली दिदी बहिनिहरुलाई दर खुवाउनुका साथै तीज धमाका–२०२३ कार्यक्रम आयोजना गर्ने भएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने मुल नाराका साथ स्थापना गरिएको नेपाल एसोसिएसन–एनआरएनए युएई, अलऐन क्षेत्रीय समन्वय परिषदले यसअघि पनि थुप्रै सामाजिक कार्यक्रमको आयोजना गरिसकेको छ ।

बिशेषगरि युएईमै रहेर कलाकारीतामा आफ्नो भाग्य खोज्दै संघर्ष गरिरहेका नेपालिहरुको प्रस्तुतीलाई उक्त कार्यक्रममा स्थान दिईने कार्यक्रम संयोजक नेपाल एसोसिएसन–एनआरएनए युएई, अलऐन क्षेत्रीय समन्वय परिषदका अध्यक्ष उज्वल दाहालको भनाई छ ।

नेपालबाट चर्चित कलाकार ल्याई कार्यक्रमहरु धेरै आयोजकले गर्ने गरेको भएपनी युएईमै रहेका कलाकारहरुले कमै स्थान पाउने भएकोले यो कार्यक्रम बिशेष युएईमै रहेका कलाकारहरुप्रति समर्पित रहेको आयोजकको भनाई छ ।

कार्यक्रममा कमल जंग कार्की, सिमा राई, निरुता गैरे,विनय खत्री, मिस्टर इंडिजिनियस दिनेश कुमार लिम्बु साथमा संगै प्रशान्त ताजपुरिया, डीके किराती,मनिषा सुब्बा, प्रमिला तामांग,दिया लामा,साजन पुमा राई, सानु बन्तावा राई लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रममा दिदिबहिनिहरुलाई दरको समेत ब्यवस्था गरिएको छ ।

कार्यक्रम सेप्टेम्बर १६ तारिख शनिवारको दिन अलऐनको सुपर रेस्टुरेन्टमा साँझ ४ बजेबाट शुरु हुने आयोजक समुहका विवेक न्योपानेले जानकारी दिए ।

Write your Comment





suv prannath