बिरगजं यूनाईटेड पर्सा तेस्रो मनहर्वा गोल्डकपको फाईनल प्रवेश

पुष्पराजज खतिवडा

 २०८० माघ १७, बुधबार  मा प्रकाशित
४८२ पाठक संख्या


मनहर्वा,बारा ।
आयोजक मौवा देवी यूवा क्लबलाई २–० गोलले पछी पार्दै बिरगजं यूनाईटेड पर्सा तेस्रो मनहर्वा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।

बुधबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत बडहर्वा खेल मैदानमा भएको पहिलो सेमीफाईनलमा बिरगजं यूनाईटेडका अमर ढंगोल र सागर चौधरीले गोल गरेका थिए ।

खेलको पहिलो हाफको १८ औं मिनटमा डंगोलले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । भने दोस्रो हाफाको ७३ औं मिनटमा चौधरीले पूनः अर्को गोल मार्फत जित सुनिश्चीत गरे ।

यूनाईटडका खेलाडीले पटकपटक अवसर पाएका थिए । यद्यपी थप गोल गर्न भने सकेनन् । मौवादेवीले समेत महत्पूर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा गोल रहित हार स्वीकार्न बाध्य भयो ।

जितसँगै यूनाईटेडले भोलिको विजेतासँग शनिबार फाईनल खेल खेल्ने छ । आजको खेलमा विरगजं यूनाईटेडका खेलाडी अमर डंगोल मेन अफ दि म्याच घोषित भए । उनले नगद रु २ हजार पाँचस पुरस्कार प्राप्त गरे ।

भोलिको दोस्रो सेमिफाईनल खेल रिगल हेटौंडा रिसोर्ट मकवानपुर र नवदुर्गा यूवा क्लब सिमराका विच हुनेछ । रिगल हेटौंडाले रौतहट एफ.सि. रौतहटलाई १ का विरुद्ध ५ गोलले पराजित गर्दै सेमीफाईनल तय गरेको थियो ।

यस्तै नवदुर्गा सिमराले बागमती यूवा क्लब सर्लाहीलाई ५–१ गोल अन्तरमा पछी पार्दै अन्तीम चारमा स्थान बनाएको हो ।

प्रतियोगिताका विजेताले दुईलाख र उप विजेताले एकलाख रुपैया पुरस्कार सहित ट्रफि प्राप्त गर्ने छन् ।

 

Write your Comment





suv prannath