जीतपुरसिमरा १४ मा आँखा शिविर सम्पन्न

रातोघर

 २०८१ जेष्ठ ८, मंगलबार  मा प्रकाशित
४४८ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका १४ नम्बर वडाले सोमवार आँखा शिविर संचालन गरेको छ । विशेषज्ञ टोलीहरुद्धारा वडाले आफ्ना वडाबासीको स्वास्थ्य प्रती सचेत रहँदै आँखा शिविर संचालन गरेको हो ।

वडाको आफ्नै कार्यालय भवनमा संचालन भएको शिविरमा करिव १ सय ५० भन्दा बढीले आँखा जाँच गराएको वडा सचिव रञ्जु अधिकारीले जानकारी दिइन्  । ज्योती भिजन फाउण्डेसनको समन्वयमा दृष्टि केयर अस्पताल विरगन्जका डाक्टरहरुले आँखा चेकजाँच गराएका हुन् ।

चेकजाँचपछी आँखाको थप उपचार गर्नुपरे दृष्टि केयर अस्पताल विरगन्जले ५० प्रतिशत छुट दिने तथा यसका लागी वडाले समन्वय गरिदिने वडा अध्यक्ष चयर गुरुङ्गले जानकारी दिइन् ।

Write your Comment





suv prannath