


श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सोमबार साँझ नेपाल आउने भएका छन्। श्रीमतीसहित नेपाल भ्रमणमा आउन लागेका उनी आज साँझ ८ बजे ड्रक एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। उनी आज झम्सिखेलस्थित होटल भिभान्तामा बस्ने छन्। उनी आगामी ९ असोजमा भरतपुर जाने कार्यक्रम रहेको छ।
स्रोतका अनुसार राजापाक्षेले विभिन्न बौद्धस्थलहरुको भ्रमण गर्ने कार्यतालिका रहेको छ। त्यसपछि उनी १३ असोजमा काठमाडौं फर्किने जनाइएको छ। स्रोतका अनुसार राजापाक्षेसँग चौधरी ग्रुपको नजिकको सम्बन्ध रहेको मानिन्छ। चौधरी समूहले श्रीलंकामा समेत विभिन्न क्षेत्रमा लगानी गरेको र उनलाई नेपाल भ्रमणका लागि यसअघिबाटै आग्रह गरिन्दै आएको थियो।
उनी राजनीतिक भन्दापनि पारिवारिक भ्रमणका लागि नेपाल आएको स्रोतले बतायो। राजापाक्षे २ वर्षअघि श्रीलंकाका राष्ट्रपति रहेका थिए। तर उनी श्रीलंकामा भएको आर्थीक मन्दीपछिको वृहत आन्दोलनपछि शैन्य शिविरमा शरण लिन बाध्य भएका थिए। त्यसपछि उनी सिंगापुर पुगेका थिए। प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए। उक्त आन्दोलनपछि श्रीलंका शनिबार पहिलो पटक राष्ट्रपतिको निर्वाचन भएको छ। जहाँ बामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएका छन्।







Write your Comment