सर्लाहीमा गोली हानी श्रीमतीको हत्या, बुवा घाइते

रातोघर

 २०८१ आश्विन १०, बिहिबार  मा प्रकाशित
५०७ पाठक संख्या


सर्लाहीको हरिपुर्वामा एक जनाले गोली हानी आफ्नी श्रीमतीको हत्या गरेका छन्। बुधबार राती पौने २ बजेको समयमा हरिपुर्वा नगरपालिका( ५ बस्ने धीरेन्द्र यादवले गोली हानी आफ्नो २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेर फरार भएका छन् । यस्तै, उनको बुवा ५४ वर्षीय रामदिनेश रायको बाँया हातमा गोली लागेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

पारिवारीक विवादको कारण गोली हानी युवक फरार भएको प्रहरीले जनाएका छन्। युवकले गोली प्रहार गर्दा चित्रलेखाको घटना स्थलमै मृत्यु भएको छ भने उनको बुवाको प्रादेशीक अस्पताल मलंगवा, सर्लाहीमा उपचार भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घटना पश्चात प्रहरी नायव उपरीक्षक श्रेष्ठको कमाण्डमा २० जनाको टोली खटिएको छ भने सीमा नाकामा समेत प्रहरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले बताए।

प्रहरीले यस घटनामा सानो हतियारको प्रयोग भएको र उक्त सानो हतियारको २ राउण्ड खोका र १ मिस राउण्ड फेला परेको प्रवक्ता श्रेष्ठले बताए। साथीसँगै मोटरसाइकलमा आएका धीरेन्द्रले श्रीमती र बुवालाई गोली प्रहार गरी पुनःसाथीसँगै मोटरसाइकल चढेर फरार भए । प्रवक्ता श्रेष्ठले घटना स्थलबाट करिब २ सय मिटर टाढा धीरेन्द्रको साथी बसेको र धीरेन्द्र गोली प्रहार गरेर आएपछि दुवै जना भागेको बुझिएको बताए।

Write your Comment





suv prannath