अस्ट्रेलियाका पूर्वमन्त्री ग्यारेथ वार्डलाई ब’ला’त्का’र प्रकरणमा झन्डै ६ वर्ष कैद सजाय

रातोघर

 २०८२ कार्तिक १४, शुक्रबार  मा प्रकाशित
५७ पाठक संख्या


सिड्नी । युवकलाई ब’ला’त्का’र गरेको आरोपमा दोषी ठहर भएका अस्ट्रेलियाका पूर्वमन्त्री ग्यारेथ वार्डलाई अदालतले झन्डै ६ वर्ष जेल सजाय सुनाएको छ।

न्यू साउथ वेल्सका पूर्व अपाङ्गता सेवामन्त्री वार्डमाथि २०१९ मा एक युवकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेकामा अदालतले उनलाई दोषी ठहर गर्दै ५ वर्ष ९ महिनाको कैद सजाय सुनाएको हो।

अदालतले सजाय सुनाउँदै वार्डको अपराध सार्वजनिक विश्वासविरुद्ध भएको र सार्वजनिक पदमा रहेर यस्तो कृत्य गर्नु झन् गम्भीर रहेको उल्लेख गरेको छ।

वार्डले भने आफू निर्दोष भएको दाबी गर्दै उच्च अदालतमा फैसलाविरुद्ध अपील गर्ने तयारी गरेका छन्।

Write your Comment





suv prannath